माओवादी सिरहा जिल्ला सदस्यको गोली हानी हत्या

सिरहा  – एकीकृत नेकपा माओवादी जिल्ला कार्य समितिका सदस्य बिन्देश्वर महतोलाई अज्ञात ब्यक्तिले शुक्रवार राति मनहर्बा चौकमा गोली हानी हत्या गरेको छ ।

रामपुर विर्त्ता घर भएका महतो मनहर्बा चौकस्थित एक पान पसलमा पान खाइरहेको अबस्थामा पछाडिबाट गोली प्रहार गरी हत्या गरिएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताए । महतोको ढाडमा दुई गोली र टाउकोमा एक गोली हानेको स्थानीयबासीले बताए ।

माओवादीका जिल्ला इञ्चार्ज हरिनारायण चौधरीले महतोलाई स्थानीय राजनीतिक टसलका कारण हत्या भएको दावी गरे ।