काठमाडौ – माओवादी सभासद झक्कुप्रसाद सुवेदीलाई झापड हानेको अभियोगमा प्रहरी हिरासतमा रहेका प्रेमराज देवकोटाको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । तिनकुने सुविधाननगरमा कफी सप चलाउँदै आएका देवकोटाले गत सोमबार सभासद सुवेदीलाई पसलमा बोलाएर झपाड हानेका थिए ।
हिरासतमा रहेका गोर्खा गाईखुर-८ का देवकोटाको टाउको,आँखा र क्षाति पोलेपछि अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिदैंछ । संविधान नबनाएको आरोप लगाउँदै देवकोटाले सभासद सुवेदीलाई झापड हानेका थिए ।



