– सत्ताधारी नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससंग सहकार्य गर्नुपर्ने बताएका छन्।
सरकारमा रहेको एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले नेपाली कांग्रेस सहितको सरकार बन्नु पर्ने धारणा सार्वजनिक गरे लगत्तै नेपालगंज पुगेका नेकपा एमालेका नेता माधव कुमार नेपालले पनि कांग्रेससंग नमिली शान्ति र संविधान निर्माण असम्भव भएको बताएका छन्।
नेपालको इतिहासमा कम्यूनिष्ट र कांग्रेसको सहकार्यबाटै ठूला परिवर्तन भएकाले देशलाई संक्रमणबाट मुक्त गर्न फेरी पनी त्यो सहकार्य आवश्यक रहेको उनको भनाई थियो।
तर त्यस्तो सहकार्यकालागि पहिले माओवादी निशस्त्र हुनु पर्ने उनले बताए।



