सभासद्ले पदीय मर्यादा उल्लंघन गरी जथाभावी गरेको घटना लगातार सार्वजनिक भएपछि बद‍मासीलाई कारवाही गर्न लागि सभामुखको आग्रह


 

काठमाडौं  – सभामुख सुवासचन्द्र नेम्वाङले  सभासद्ले पदीय मर्यादा उल्लंघन गरी जथाभावी गरेको घटना लगातार सार्वजनिक भएपछि ती दलका नेता र मुख्य सचेतकलाई बोलाएर कारवाही गर्न लागि आग्रह गरेका छन्। सभामुखले सभासद्लाई कारवाही गर्नसक्ने कानूनी व्यवस्था नभएका कारण यस्तो आग्रह गरेको बताएका छन्।

 

सभामुख नेम्वाङले सोमबार माले (समाजवादी) संसदीय दलका नेता यदुवंश झा मैथिल बाहुनलाई उनको दलका सभासद् शारदा नेपालीलाई कारवाही गर्न आग्रह गरे। नेपालीले शुक्रबार नेपालगञ्ज बजारमा मदिराको नशामा मातेर ‘बबाल मच्चाएकी’ थिइन।