
संविधानसभाको समयावधी सकिने दिन नजिकिंदै गर्दा वर्तमान सरकारको विकल्प खोजिनु पर्ने धारणा प्रमुख प्रतिपक्षी दल लगायत सतारुढ दलहरुकै प्रभावशाली खेमाहरुबाट सार्वजनिक हुन थालेका छन्।
वर्तमान सरकारले शान्ति र संविधान निमार्णको काम गर्न नसकेकाले सहमतिको सरकार निमार्णको पहल शुरु हुनु पर्ने ती दलका नेताहरुको भनाई छ।
देशव्यापी जागरण अभियान सकेर नयाँ निर्णय लिने बताउँदै आएको नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राजधानी फर्किनु अघि बुधबार नेपालगञ्जमा संचारकर्मीहरुसँगको भेटघाटमा वर्तमान सरकारको विकल्प सहमतिको सरकार भएको बताए।



