
उनले आइतवार भक्तपुर नगरपालिकास्थित नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको निवास पुगेर भेटघाट तथा राजनीतिक परामर्श गरेका थिए । त्यस क्रममा प्रधानमन्त्रीले अति व्यस्तताका कारण भेटघाट केही ढिलो भएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले गरिरहेका कामहरुबारे जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले आगामी जेठ १४ गते संविधान सभाको म्याद समाप्त हुने सन्दर्भमा सरकारले आफ्नो तर्फबाट एक वर्ष म्याद थप गर्नुपर्ने प्रस्ताव संसदमा राखेको जानकारी गराएका थिए । साथै उनले बिजुक्छेसंग प्रस्तावमा सकारात्मक समर्थनको आग्रहसमेत गरेका थिए ।
भेटका क्रममा अध्यक्ष बिजुक्छेले त्रिविवि, पूर्वाञ्चल र संस्कृत विश्वविद्यालयमा अविलम्ब उपकूलपतिहरु नियुक्त गर्नुपर्ने, मूल्य अभिवृद्धि कर र राजस्व छल्नेहरुमाथि कारबाही नभएको जनगुनासो बढेको हुँदा अविलम्ब कारबाही हुनुपर्ने, अपराधीहरुलाई राजनीतिक संरक्षण नभई कडा कारबाही गरिनुपर्ने, नेपालमै गुणस्तरीय मल कारखाना स्थापना गर्नुपर्ने तथा रोपाईंको समय आइसकेको हुँदा पर्याप्त गुणस्तरीय रासायनिक मलको व्यवस्था गरी भारतबाट आउने नक्कली मल र बीउ बिजन रोक्नुपर्ने, भक्तपुरको खानेपानी समस्या समाधान गर्न विशेष जोड दिनुपर्ने, नेपाली युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने योजना र कार्यक्रम बनाउनुपर्ने तथा नेपालीहरु लुटिएको र कुटिएको स्थितिलाई रोकी भारतसँग वार्ता गरेर सीमा नियमित गर्नुपर्नेजस्ता १२ सूत्रीय मागहरु प्रस्तुत गरेका थिए ।
पूर्वाञ्चल विश्व विद्यालय र भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप इन्जिनियरिङ्ग कलेजबारे पाँचवटा, त्रिविविको सम्बन्धन प्राप्त भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप कलेज र सिटिइभिटीबारे एक



