संविधानसभाको म्याद सकिनु अगावै शान्ति प्रक्रिया टुंग्याउन सबै दलहरुको साझा प्रस्ताव तयार पार्न सत्ताधारी तीन दल सहमत

Click on the slide!

 

 

– संविधानसभाको म्याद सकिनु अगावै शान्ति प्रक्रिया टुंग्याउन सबै दलहरुको साझा प्रस्ताव तयार पार्न सत्ताधारी तीन दल सहमत भएका छन्।

जेठ १४ अगाडिनै संविधान निर्माण र सेना समायोजनको विषय टुंग्याउन सबै दलहरुको साझा प्रस्ताव तयार पार्न नेकपा एमाले, एकीकृत नेकपा माओवादी तथा मधेशी जनाधिकार फोरम नेपाल सहमत भएका छन्।


उक्त प्रस्ताव प्रधानमन्त्रीले विशेष समितिमा पेश गर्ने बताइएको छ।


पाँच दिन अगाडि सत्ताधारी तिनै दलहरुबीचको अकस्मात बनेको देखिएको एउटा सहमति अन्तर्गत संविधानसभाको म्याद एक वर्षले थप्ने प्रस्ताव गरेका प्रधानमन्त्री झलनाथ खनालले अब उक्त प्रस्ताव किनारा लगाउन अर्को सहमतिको प्रस्ताव ल्याउन लागेका हुन्।


केही दिन यता उनले लगालग विभिन्न पार्टिहरुलाई संविधानसभाको म्याद थप्ने प्रस्तावमा मनाउन कसरत थालेका थिए।


तर आफ्नै पार्टिभित्रका विरोधीहरुको प्रभावशाली खेमा तथा प्रतिपक्षी नेपाली कांग्रेसले सरकारी प्रस्तावको चर्को आलोचना गरेपछि मंगलबार उनले सत्ताधारी दलहरुबीच अर्को सहमति गरे।