माओवादी बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की आएको बिषयलाई लिएर गोरखामा बिरोध सभा

गोरखा – नेकपा माओवादी उपाध्यक्षका बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की आएको बिषयलाई लिएर गृह जिल्ला गोरखामा उनी पक्षधर कार्यकर्ताले कोणसभा गरि बिरोध जनाएका छन् ।

मंगलबार दिउँसो करिव चार बजे सदरमुकामको हरमटारी चोकमा कोणसभा गरि सोमबार सार्वजनिक भएको घट्नाको बिषयमा बिरोध जनाएका हुन् ।

संस्थापन पक्षधरका कार्यकर्ताको उपस्थिती नरहेको कार्यक्रममा भट्टराई निकट मानिएका दुई कार्यकर्ताले मात्र कोणसभालाई सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्ने क्रममा भट्टराईको ज्यान मार्ने योजना बनाएका जनक गर्तौलालाई पक्राउ गरी कारवाही गर्न सरकारसंग माग गरेका थिए ।

सभामा बोल्ने भट्टराई निकटका जिल्ला नेता यानप्रसाद भट्टले आफूहरुले गुट उपगुटको कार्यक्रम गरेको नभई गैरराजनीतिक तत्वको बिरोधमा कोणसभा गरेको बताए ।