जेठको पहिलो साता दिल्लीमा हुने भनिएको नेपाल तथा भारत बैठक सर्‍यो

नयाँदिल्ली  – जेठको पहिलो साता दिल्लीमा हुने भनिएको नेपाल तथा भारतका गृहसचिवबीच परामर्श बैठक एक महिनाका लागि सरेको छ ।

 

आवश्यक तयारी नभएको भन्दै भारतीय पक्षको आग्रहअनुसार बैठक सरेको हो । सीमा व्यवस्थापन, सुरक्षा चासो, सुपुर्दगी सन्धिलगायत विषयमा छलफल हुने सचिवस्तरीय बैठक असारको पहिलो साता हुन सक्ने दिल्लीस्थित दूतावास स्रोतले जनाएको छ ।

 

गृहसचिव लीलामणि पौडेल र भारतीय समकक्षी जीके पिल्लाई द्वैपक्षीय वार्तामा सहभागी हुनेछन् ।