– राजेन्द्र न्यौपाने
गोरखा १३ जेठ । सहिद कृष्णसेन इच्छुकको नबौं स्मृति सभालाई आज गोरखामा सम्बोधन गर्नुहुँदै एकीकृत नेकपा माओवादी तमुवान राज्य सचिवालय सदस्य लेख बहादुर थापा मगरले जनताको पक्षमा कृष्णसेनले जस्तै कलम नडगाई लेख्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।
क्रान्तिकारी पत्रकार संघ गोरखा जिल्ला समितिको आयोजनामा निर्माण व्यवसायीसंघ गोरखाको सभाहलमा भएको कार्यक्रममा थापाले जनताको संघर्षका विषयहरुमा सँधै कृष्णसेनले जस्तै आवाज उठाउनुपर्ने बताउनुभयो । कृष्णसेन पत्रकार मात्रै नभै संास्कृतिककर्मी साहित्यकार मानवअधिकारकर्मी पनि भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद वाग्लेले पत्रकारहरुले बास्तविक कुराहरुलाई जस्ताको तस्तै लेख्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ गोरखाका सभापति शुसिलबाबु श्रेष्ठले क्रान्तिकारी पत्रकारसंघ गोरखाले गोरखाको गरेका कामहरु र साचारजगतलाई अगाडि बढाउन गरेका प्ा्रयासहरु प्रसंसनिय रहेको बताउँदै पत्रकार आचारसंहिताको पालना गर्नुपर्ने कुरालाई सँधै ध्यान दिनुपर्ने बताउनुभयो । कृष्णसेन पत्रकार महासंघको पास्रद समेत भएको बताउँदै उहाँले पत्रकारिता क्षेत्रमा क्षमतावान व्यक्ति भएको बताउनुभयो ।
सहिद परिवार समाज गोरखाकी अध्यक्ष भगवती लामिछानेले सहिदहरुले देखाएको बाटोबाट अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
क्रान्तिकारी पत्रकार संघ गोरखाका अध्यक्ष ऋषिराम भट्टराईको अध्यक्षता र संगम तिवारीको स्वागत मन्तव्यमा सम्पन्न भएको उक्त कार्यक्रमको साचालन संघका सचिव राजेन्द्र न्यौपानेले गर्नुभएको थियो । नवौं स्मृति सभामा सहित कृष्णसेनको तस्वीरमा माल्यपर्ण गर्नुका साथि उहाँको सम्झनामा कविता बाचन समेत गरिएको थियो ।