– हतियार व्यवस्थापनबारेका आफ्ना अडानहरु नेपाली कांग्रेस र माओवादीले नत्यागेका कारण संविधानसभाको म्याद थप्नेबारेको शुक्रबारको वार्ता विफल भएपछि नेताहरुले निराशा प्रकट गरेका छन्।
माओवादीले आफ्ना लडाकू र हतियारको सम्बन्ध विच्छेद नगराएसम्म म्याद थप्नुको औचित्य नरहने प्रतिपक्षी नेपाली कांग्रेसको अडान छ भने त्यसो गर्दा आत्मसमर्पण गरे सरह हुने माओवादीको जिकिर छ।
हतियारको मामिला नसुल्झिएसम्म संविधानसभाको आयू अन्योलमै रहिरहने देखिएको छ।
अडानहरु लचक हुनुको साटो कठोर बनेका कारण वार्तामा सहभागी नेताहरु स्वयंपनि सफलताप्रति निराश देखिएका छन्।



