माओवादीद्वारा आफ्ना नेताहरुको दोहोरो सुरक्षा प्रणाली हटाउने निर्णय


 

– प्रमुख दलहरुले तीन महिनाभित्र शान्ति प्रक्रिया टुङ्ग्याउने सहमति गरेको चार दिनपछि एकीकृत माओवादीले आफ्ना नेताहरुको दोहोरो सुरक्षा प्रणाली हटाउने निर्णय गरेको छ।

 

एकीकृत माओवादी नेताहरुले पाउदै आएको दोहोरो सुरक्षा प्रणाली हटेपछि हतियार सहितका माओवादीका निजीं सेना शिविरहरुमा फिर्ता हुनेछन् र माओवादी नेताहरु सरकारी सुरक्षाकर्मीमा निर्भर हुने छन्।

अध्यक्ष प्रचण्डको निवासमा बसेको माओवादी पदाधिकारी वैठकले आफ्ना नेता तथा सेनाले प्रयोग गर्दै आएका सवारी साधनलाई पनि वैधानिकरुपमा दर्ता गर्ने प्रक्रिया थाल्ने निर्णय गरेको छ।


सो निर्णय कार्यान्वयन भएपछि माओवादी नेताहरुको सुरक्षामा खटिएका माओवादी सेनाका सदस्यहरुलाई शिविर फर्काइने जनाइएको छ।


वैठकपछि संवाददाताहरुसँग बोल्दै एकजना उपाध्यक्ष बाबुराम भट्टराईले भने माओवादीले विश्वासको वातावरण बनाउनको निम्ति यस्तो निर्णय गरिएको हो।