माओवादी लडाकु पुनवर्गीकरण सर्भे तत्काल शुरु गरिने

– माओवादी लडाकु व्यवस्थापनको काम अगाडि बढाउन उनीहरुको पुनवर्गीकरणका लागि आवश्यक सर्भे तत्काल थाल्ने निर्णय विशेष समितिले गरेको छ।


              माओवादी लडाकु व्यवस्थापन विशेष समितिको विहिबारको बैठकमा माओवादी नेताहरुलाई सुरक्षा दिइरहेका माओवादी लडाकु र तिनका हतियारलाई सम्बन्धित शिविरमा पठाउने निर्णय गरिएको छ।


संविधानसभाको दोश्रोपटकको म्याद थप्नु अघि माओवादी नेताहरुले प्रयोग गर्दै आएका दोहोरो सुरक्षा प्रणाली अन्त्य गरिनुपर्ने माग विशेषगरी प्रमुख विपक्षी नेपाली कांग्रेसले राखेको थियो।


बिहिबारको बैठकमा सहभागी कांग्रेस नेता डा रामशरण महतले भने,