एकीकृत माओवादीका अध्यक्ष प्रचण्डका पछिल्ला निर्णयको विपक्षमा फरक मत राखिरहेको खेमाका एक नेताले माओवादी लडाकूहरुको समायोजन र पुन:स्थापनाको काममा आफ्नो सहयोग रहने बताएका छन्।
मोहन वैद्य किरण पक्षका अडानका कारण लडाकू समायोजन प्रक्रिया धरापमा पर्न सक्ने कतिपयको आशंका थियो।
माओवादी अध्यक्ष प्रचण्ड निवासमा बुधबार भएको माओवादी लडाकूका कमाण्डरहरुको प्रशिक्षणमा मोहन वैद्य किरण पक्षधर नेताहरुको पनि उपस्थिति थियो।
संविधानसभाको म्याद थप्नुअघि भएको पाँचबुँदे सहमति बारेको भनिएको सो प्रशिक्षणमा एक सय भन्दा बढि माओवादी लडाकूका कमाण्डरहरु सहभागी थिए।
सो प्रशिक्षण सकिएपछि किरण पक्षधर मानिने सचिव सीपी गजुरेलले आफूहरु माओवादी लडाकूहरुको समायोजन र पुन:स्थापनाको विरोधी नभएको बताए।



