भदौ १ गते संविधानको पहिलो मस्यौदा ल्याउने तयारी

संविधान लेखन मूल समिति अन्तर्गतको मतभेद मिलाउने उपसमितिको
बैठकले भदौ १ गते संविधानको पहिलो मस्यौदा तयार गर्ने निर्णय गरेको छ।

उपसमितिले निर्धारित भन्दा पन्ध्र दिन अगावै संविधानको पहिलो मस्यौदा तयार
पार्ने आन्तरिक कार्यतालिका तयार पारेको हो।

संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका शीर्ष नेता पुष्पकमल
दाहाल प्रचण्ड संयोजक भएका कारण मात्र होइन संयोजक भए यता विवाद मिलाउन उनले
देखाएका लचकताका कारण उपसमिति सबैको ध्यान तान्न सफल हुँदै आएको छ।

उपसमिति संयोजक प्रचण्ड, नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल,
प्रधानमन्त्री झलनाथ खनाल तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका
नेताहरु उपस्थित बिहिबारको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा उपस्थित उपसमितिका एकजना सदस्य तथा सदभावना पार्टीका नेता लक्ष्मणलाल
कर्णले भने,