कांग्रेस थपिएको म्यादभित्र शान्ति प्रक्रिया र संविधान लेखनमा ठोस प्रगति हुन नसके भदौ १४ पछि शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनमा जाने

प्रमुख विपक्षी नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय
भेलाले संविधान सभाको थपिएको म्यादभित्र शान्ति प्रक्रिया र संविधान लेखनमा ठोस
प्रगति हुन नसके भदौ १४ पछि शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनमा जाने प्रस्ताव
पारित गरेको छ।

राजधानी काठमाडौं नजिक धुलिखेलमा आइताबार सम्पन्न दुइदिने भेलामा कांग्रेसका
जिल्ला सभापतिहरु र केन्द्रीय सदस्यहरु सहभागी थिए।

संविधान सभाको म्याद थप्न पन्ध्र दिन अघि गरिएको पाँचबुँदे सहमतिको पालनामा
माओवादी र प्रधानमन्त्रीले आलटाल गरेको आरोप पनि कांग्रेस सभापतिहरुले लगाएका
छन्।

भदौ १४ गतेभित्र शान्तिप्रक्रिया टुंगोमा नपुगे कांग्रेस बैकल्पिक बाटोका लागि
तयार रहनुपर्ने बुँदा सहितको घोषणापत्र जारी गर्न तयार भएपनि अन्तिम अवसरमा भएको
होहल्ला र आपत्तिपछि बैकल्पिक बाटो भन्ने शब्दावलीका ठाउँमा शान्तिपूर्ण
लोकतान्त्रिक आन्दोलन गर्ने भन्ने राखिएको बताइएको छ।

कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेका अनुसार लोकतान्त्रिक आन्दोलनको स्वरुप
भने केन्द्रीय समितिले तय गर्नेछ।

पाण्डे भन्छन्,