काठमाडौं – प्रधानमन्त्री झलनाथ खनालले अहिलेको मुख्य प्राथमिकता प्रधानमन्त्रीको राजीनामा नभएको बताएका छन्। ललितपुरको फुलचोकीमा आज आयोजित एक कार्यक्रमपछि पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री खनालले अहिलेको मुख्य काम शान्ति र संविधानको कार्यभार पूरा गर्नु हो भने।
“अहिलेको मुख्य प्राथमिकता प्रधानमन्त्रीले राजीनामा दिने होइन, अहिलेको मुख्य प्राथमिकता शान्ति र संविधान निर्माण गर्दै मुलुकलाई राष्ट्रिय सहमतिमा पुरयाउनु हो,” प्रधानमन्त्री खनालले भने।
प्रधानमन्त्री खनालले त्यसका लागि प्रधानमन्त्री सबै प्रकारका त्याग गर्न तयार भएको पनि स्पष्ट पारे।
– रासस