
रुसका प्रहरी तथा सुरक्षा फौजले हाल रुसको गणतन्त्र दाजेस्तानको किचलियार शहरमा केही सशस्त्र शक्तिलाई सखाप गरिरहेका छन्।
रुसका प्रहरी तथा सुरक्षा फौजले यस लडाईंमा हेलिकोप्टर तथा आमद कार पठाएको छ। हिजो यस लडाईं तेस्रो दिनमा प्रवेश भएको छ। तीन दिनसम्मको लडाईंमा परी रुसका कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै तेह्र जना घाइते भएका छन्। दाजेस्तानको अबैध सशस्त्र शक्तिका दुई जना मारिएका छन्।
रुसको उत्तरी संघीय काउकासुस क्षेत्रमा अवस्थित गणतन्त्र दाजेस्तान, गणतन्त्र चचेनिया तथा गणतन्त्र इन्गुशेशियाका अबैध सशस्त्र शक्तिका सक्रिय क्षेत्र हुन्।
त्यहाँ बारम्बार आतंकवादी प्रहारका घटना भएका छन्। यताका केही वर्षदेखि रुस सरकारले ती क्षेत्रका अबैध सशस्त्र शक्तिमाथि जोडतोडसँग प्रहार गरेको छ।



