तीन वर्षदेखि लगातार अवरुद्ध हुँदै आएको बजेट नियमित प्रस्तुत
गर्न सरकारलाई बाटो खुला गरिदिएको प्रमुख विपक्षी नेपाली कांग्रेसले बजे्ट एकलौटी
नगर्न र अब बाँकी समयमा बजेट परिमार्जन गर्न सरकारलाई चेतावनी दिएको छ।
शनिबार विहानै डाकिएको कांग्रेस संसदीय दलको बैठकले कांग्रेसले यस अघि ल्याएका
कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरेको छ।
सरकारसँग भएका अनौपचारिक बैठकहरुपछि कांग्रेसले संसदमा नियमित बजेट प्रस्तुत
गर्न सरकारलाई बाटो खुला गरिदिएको थियो।
त्यसै बमोजिम सरकारले संसदमा छलफलका लागि विनियोजन विधेयक प्रस्तुत गरेपछि भने
प्रमुख विपक्षी कांग्रेस असन्तुष्ट बन्न पुगेको छ।
संसदीय दलको शनिबार बसेको बैठकपछि कांग्रेस संसदीय दलका प्रवक्ता नवीन्द्रराज
जोशीले भने,



