कब्जा घर सम्पत्ति फिर्ता नभएको भन्दै द्धन्द्ध पिडीतको आपत्ती

– प्रेमनारायण आचार्य

यूएई डेस्क -अर्घाखाँचीमा  द्धन्द्धको समयमा माओवादीले कब्जा गरेका घर सम्पत्ति अझै सम्म फिर्ता नभएको भन्दै जिल्लाका द्धन्द्ध पिडीतहरुले आपत्ती प्रकट गरेका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा स्थानीय शान्ति समितिले गरेको अन्तरकृया कार्यक्रममा द्धन्द्धपिडीतहरुले माओवादीले कब्जा गरेका घर सम्पत्ति अझै सम्म फिर्ता नभएको र फिर्ता गराउन समेत कहि कतै बाट पहल नभएको भन्दै द्धन्द्ध पिडीतहरुले आपत्ती प्रकट गरेका हुन् ।

कार्यक्रममा द्धन्द्ध पिडीत सुदीप ज्ञवालीले आफ्नो केरुंगा गाविस वाड न. १ बल्कोटमा रहेको  घरमा २०६० साल बैसाख ९ गते लगाएको ताला अझै खुल्न
नसकेको बताएका छन् । उनले घरको ताला खुला गरिदिने वातारण सृजना गरिदिन सबै पक्षलाई आग्रह समेत गरेका छन् ।

त्यस्तै लोकतान्त्रिक गैरसरकारी सस्था महासघका अध्यक्ष गोपाल प्रसाद पन्थिले द्धन्द्ध समाप्त भएको ५ बर्षबिति सक्दा समेत सिद्धारा गाविस निवासि , लेखनाथ बेल्बासे , दुर्गा बेल्बासे , सुरेन्द्र बेल्बासे र नारायण बेल्बासेको  सिद्धारा र जलुके गासिमा रहेको झण्डै १५ रोपनी जग्गा कब्जा गरि  माओवादी कार्यक्रताले खेती गरिरहेको बताउनु भयो ।

त्यस्तै सिद्धाराको एक घरमा माओवादीले द्धन्द्धको समयमा लगाएको ताला खुल्न द्धन्द्ध पिडीत पुस्कर पोख्रेलले आग्रह गरेका छन ।
 
अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसराज घिमिरे , स्थानीय बिकासअधिकारी पुण्य ब्रि्रम पौडेल , जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा ,माओवादीका गोबिन्द केसी, काग्रेसका बिष्णुप्रसाद खनाल मुस्कान , एमालेका जनार्दन खनाल ,राजमोका शेरबहादुर बिसी, एकिकृतका डिलाराम पाण्डे ,राप्रपाका देबीबहादुर खड्का , जनमुक्ति पाटीका इन्द्बहादुर गेलांग , मानब अधिकारवादी प्रेमनारायण गैरे , भोजबहादुर गर्न्धर्ब , बिनोद कुवर,द्रोणप्रसाद भुसाल , नन्दराम भटर्राई , पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थि,शहिद परिवारका धर्म भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम स्थानीय शान्ति समितिका संयोजक यमुना भुसालको अध्यक्षता , सदस्य सृजना पोख्रेको संचालनमा समपन्न भएको हो ।