शान्ति प्रकृयाको मुख्य बाधक माओवादी

-प्रेमनारायण आचार्य

अर्घाखाँची टाईम्स यूएई डेस्क – नेपाली काग्रेंशका केन्द्रिय सदस्य कृष्ण चन्द्र नेपालीले शान्ति प्रकृयाको मुख्य बाधक माओवादी भएको आरोप लगाउनु भएको छ ।

उहाँले काग्रेसलाई  कुनै पनि प्रकारको र्सबसत्ताबाद स्विकार्य नहुने बताउदै ५ बुदे सहमति काग्रेसले लागु गराएरै छाड्ने बताउनु भएको छ  ।

सबिधान सभाको म्याद  थप्ने समयमा समेत शान्ति प्रकृया निष्कर्षा पुराउने काग्रेसको प्रमुख  माग भएकाले संबिधान निर्माण र शान्ति प्रकृयाको बिरुद्धमा हुने कुनै पनि किसिमको कार्यमा काग्रेस सहभागि नहुने र त्यस्को सधै काग्रेसले बिरोध गरिरहने बताउनु भयो ।

स्वर्गिय गिरीजा प्रसाद कोईरालाको ८८ औ जन्मजयन्तिको अबसरमा नेपाली काग्रेस अर्घर्ााँचीले बिपि स्मृति भवन सन्धिखर्कमा गरेको कार्यक्रममा नेता नेपालीले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा नेपाली काग्रेस नबलपरासिका महाधिबेसन प्रतिनिधि खुमबहादुर भण्डारी, रुपन्देहीका महाधिबेसन प्रतिनिधि खुमप्रसाद भण्डारी , नेपाली काग्रेस
अर्घाखाँची महासमिति सदस्य लक्ष्मी श्रेष्ठ , जिल्ला सदस्य देबराज श्रेष्ठ , असोक श्रेष्ठ नेबिसंघ नबलपरासिका सभापति राजु पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम नेपाली काग्रेस अर्घाखाँचीका सचिब बासुदेब  आचार्यको सभापतित्वमा सम्पन्न भएको हो ।