
वासिङ्टन डिसी – हृयाकरले अमेरिकी न्यूज च्यानले ‘फक्स न्यूज’को
राजनीतिक टि्वटर खाता हृयाक गरेर बाराक ओबामाको हत्या गर्ने टि्वट गरेका छन् ।
ओबामाको हत्या टि्वट भएपछि विश्वभर सनसनी फैलिएको थियो । तर तुरुन्तै ‘फक्स
न्यूज’ले खाता हृयाक भएको जानकारी दिंदै सच्याएको छ ।
हृयाकरले लेखेका थिए, ‘बाराक ओमाबाको राष्ट्रिय दिवसका दिन गोली हानेर हत्या
हुँदैछ, अब उनी रहन्नन्, वास्तवमा ४ जुलाईको दिन धेरै दुखद हुनेछ । राष्ट्रपति
बाराक ओबामाको मृत्यु हुनेछ ।’
४ जुलाई अमेरिकाको राष्ट्रिय दिवस हो ।




