प्रधानसेनापति छत्र मान सिंह गुरुङले उपरथीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं  – प्रधानसेनापति छत्र मान सिंह गुरुङले उपरथी गौरव शमशेर
जवरालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

जंगी अड्डामा शुक्रबार आयोजित एक समारोहकाबीच प्रधानसेनापति गुरुङले उपरथी
राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । असार २२ गते बसेको
मन्त्रिपरिषद् बैठकले उपरथी राणालाई सोहि मितिबाट रथी दर्जामा पदोन्नति गरी
बलाध्यक्ष पदमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

नवनियुक्त बलाध्यक्ष रथी राणाले शुक्रबारदेखि नै आफ् कार्यभार सम्हालेको सैनिक
जनसम्पर्क निर्देशनालयले जनाएको छ ।