दक्षिणी सुडान स्वतन्त्र, विश्वको १९३औ नयाँ राष्ट्र, मुलुकभर उल्लास

Celebrations in Juba. 8 July 2011

दक्षिणी सुडान औपचारिकरुपमा शनिबारदेखि अलग राष्ट्र घोषणा भएको छ ।

राजधानी जुबामा शनिबार दक्षिणी सुडानका सभामुख जेम्स वानी इगाले सुडान स्वतन्त्र
भएको घोषणा गरे ।

यो घोषणासँगै सन् २००५ देखि उत्तर र दक्षिणी सुडानबीचको युद्ध अन्त्य भएको छ ।
‘हामी लोकतान्त्रिक निर्वाचनबाट निर्वाचित प्रतिनिधि, यस दक्षिणी सुडानलाई
स्वतन्त्र र सम्प्रभु राज्य घोषणा गर्दछौं,’ सभामुख इगाले स्वतन्त्र मुलुकको
औपचारिक घोषणा सुनाए ।

स्वतन्त्र मुलुक औपचारिक घोषणाको प्रतीक्षामा लामो समय रहेका दशौं हजार रमाएका
जनाईएको छ ।

झन्डै २० लाखले ज्यान गुमाउने गरी सुडानमा ५ दशक लामो छापामार युद्ध चल्यो । अहिले
त्यो द्वन्द्व अन्त्यसँगै स्वतन्त्र मुलुक बन्न लागेको खुसीमा दक्षिण सुडानीहरू
राजधानी जुमामा गर्वसाथ झन्डा फहराइरहेका छन् । नयाँ राष्ट्रगान सहरभर गुन्जिएको छ
। मुलुकभर उल्लास छाएको छ ।

‘अन्तिममा स्वतन्त्र भयौं,’ उत्तरसँग औपचारिक रूपमा अलग्गिने दिन गन्ती गरिरहेका
उनीहरू भन्छन् । विश्वकै नयाँ र अफ्रिकाको ५४ औं राष्ट्रको रूपमा शनिबार दक्षिणी
सुडान स्वतन्त्र घोषणा भएको छ ।  तर यो अति कम विकसित मुलुकहरूको सूचीमा दरिनेछ ।
बहुसंख्यक जनताको दैनिक एक डलरभन्दा कम आम्दानी छ । प्राथमिक शिक्षा पूरा
गनर्ुभन्दा
१५ वर्षकै उमेरमा शिशु जन्माउनुको खतरा किशोरीहरूमा छ ।

१० प्रतिशतभन्दा बढी बालबालिकाले ५ औं जन्मोत्सव मनाउन पाउँदैनन् । झन्डै तीन
चौथाइ प्रौढले लेखपढ गर्न जान्दैनन् । एक प्रतिशत परिवारको मात्र बैंक खाता छ ।
साथै मुलुकले थुप्रै द्वन्द्व सामना गरिरहेको छ । आफ्नै भूमिको विद्रोह मात्र होइन,
उत्तरी सुडानसँग किचलो उत्तिकै छ । यो स्पष्ट रूपमा प्रतिकूल समय हो ।

धेरैले लामो यात्रा र आशाको प्रतिनिधित्व गरेका छन् । पूर्व बाल सेना र लामो समय
छापामार युद्ध लडेका जेम्स अगुटो अहिले एक सरकारी अस्पतालमा क्लिनिकल अफिसर छन् ।
उनी त्यहाँ शिशु जन्मिने विभागमा छन् । उनको यो यात्रा अहिले मुलुकमा परिवर्तनको
संकेतको रूपमा देखिएको छ । ‘एउटा रात छ बच्चाहरू जन्मिँदा,’ उनले भने, ‘म निकै खुसी
भएँ, मैले यहाँ प्रगति गरिरहेको छु, आफ्नो सीप देखाइरहेको छु ।’ उनी बालरोग
विशेषज्ञ बन्न चाहन्छन् । ‘मसँग साहस छ,’ उनी भन्छन् ।

यसै वर्ष मात्र जातीय र विद्रोही द्वन्द्वमा २ हजार ३ सय जना मारिए । करिब आधा
दर्जन विद्रोही समूह र उसका हजारौं लडाकुले सरकारी सेनामाथि आक्रमण गरिरहेका छन् ।
सर्वसाधारण त्रसित छन् । चौपाया र केटाकेटी चोरिरहेका छन् ।

अगुटो काम गर्ने अस्पतालको एउटा बेडमा गोडाको चोट लागेका एक व्यक्ति पल्टिरहेका
छन् । उत्तर र दक्षिणको विवादित सीमाको नाम उनी लिन्छन्, ‘अबेई ।’ युद्धमा फर्काउन
सक्ने थुप्रै खतरापूर्ण ठाउँमध्ये यो हो । गत मेमा उत्तरी सुडानका सेनाले आक्रमण
गर्दा उनी घाइते भएका

थिए । नजिकै अर्का एक जना गोडा लर्खराउँदै हिँडेका देखिन्छन् । ‘एकीकृत राज्य’
उनले भने, एक मिलिसिया ।’ उनलाई अर्को तनावग्रस्त सीमामा गोली लागेको थियो ।

यहाँ जातीयता एउटा समस्या हो । सरकारमा दक्षिणी सुडानको डिंका समुदायको पकड छ ।
विद्रोही सेनाको नेतृत्व गरेका छन्, नुअर समुदायले । उनीहरूबीच ऐतिहासिक
प्रतिद्वन्द्विता छ । ‘यो जातीय लडाइँ मात्र हो,’ स्थिरताका लागि यो भिडन्तबाट कुनै
खतरा नभएको बताउँदै दक्षिणी सुडानको सरकारी प्रवक्ता मुस्तफा बिओङ माजाकले भने,
‘उनीहरूलाई मर्न दिउँ ।’ उत्तर र दक्षिणको जनयुद्ध निर्दयपूर्वक लडेका उनीहरूका
कारण फेरि द्वन्द्वको खतरा रहेको धेरैको आशंका छ । डिन्का बाहुल्य सरकारी फौज
भित्रै पनि ठूलो संकट छ ।

स्थानीय जग्गा विवाद र चौपाया विवादमा नियमित रूपमा सरकारी फौजले पक्ष लिने
गरेका छन् । हालै खाद्यान्न बोकिरहेको राष्ट्रसंघीय गाडी सेनाले कब्जा गरिरहेको छ ।
भोकमरी अर्को ठूलो चुनौती हो । दक्षिण सुडानका ३० लाखभन्दा बढीलाई अझै खाद्यान्न
सहयोग आवश्यक छ, जुन समग्र जनसंख्याको ४० प्रतिशत हो ।

राजधानीदेखि झन्डै १० माइल टाढा रजफ गाउँमा डाँकाहरूले किसानको हत्या र
बालबालिका अपहरण गरेपछि स्थानीय बासिन्दा गाउँ छाड्दै छन् । त्यहाँ पुग्नेहरू घाम
नअस्ताउँदै फर्किनुपर्छ । ‘कुनै सुरक्षा छैन,’ एक चिया पसले भन्छन् ।

दक्षिण सुडानले करिब ७० करोड डलर सुरक्षा सम्बन्धित विषयमा खर्च गर्छन् । यो
शिक्षा, स्वास्थ्य, विद्युत्, सडक र उद्योगको समग्र खर्चभन्दा बढी हो । तर यहाँ
धेरै सम्भावना

छन् । दक्षिण सुडानले दैनिक ३ लाख ७५ हजार ब्यारेल तेल उत्पादन गर्छ ।
वार्ताकारहरू उत्तर र दक्षिण सुडानले तेल बाँड्ने सम्बन्धमा काम गरिरहेका छन् ।
दक्षिणमा अर्बौं डलरको तेल भण्डारहरू छन् ।

दक्षिण सुडानसँग बाक्ला र र्ऊवर जंगल छन् । धेरै फलफूल बगान पनि छन् । तर, अझै
धेरै गाउँमा बिजुली, खानेपानी, फलामे चुलो छैन । झन्डै ८३ प्रतिशत जनता खरको
छानामुनि बस्छन् । दशकौंदेखि उनीहरू सीमान्तकृत छन् । बेलायत र इजिप्टको उपनिवेशबाट
१९५६ मा सुडान मुक्त हुनुअघि नै दक्षिणका बासिन्दाले थप अधिकारका लागि आवाज उठाएका
थिए । दोस्रो दर्जाको नागरिकको व्यवहार गरिएको गुनासो उनीहरूको थियो । दक्षिण
सुडानमा अधिकांश क्रिस्चियन छन् । उत्तरी सुडानमा धेरै मुस्लिम बाहुल्य छ र धेरै
अरबी छन् । दक्षिणी सुडानका विद्रोहीले केन्द्र सरकारविरुद्ध वर्षौं लडेका थिए ।
२००५ को शान्ति सम्झौताले दक्षिणलाई स्वायत्तता र छुट्टनिे अधिकार दिएको थियो ।

यो जनवरीमा दक्षिणीले नयाँ राष्ट्रका पक्षमा ९९ प्रतिशत मतदान गरे । शनिबार
औपचारिक घोषणा समारोहमा पश्चिमी अधिकारी र एक दर्जनभन्दा बढी अफ्रिकी नेताहरू सरिक
हुनेछन् । ‘हामीले चाहेको भए, सुरुदेखि नै पाँचवर्षे संक्रमणकाल घोषणा गर्न
सक्थ्यौं,’ प्रवक्ता माजाकले भने, ‘हामीले त्यसो नगरी चुनाव गर्‍यौं ।’ ६ वर्ष यता
दक्षिण सुडानले आफ्नै नीति निर्माण, सीमा गस्ती, लगानी र विकास गरिरहेको छ । खासगरी
शिक्षा र स्वास्थ्यमा विदेशी संस्थाले सहयोग गरेको छ ।

अगुटो यसका स्पष्ट उदाहरण हुन्, जसलाई आमरेफ संस्थाले क्लिनिकल अफिसर तालिम
दियो, अहिले उनी मेडिकल स्कुलमा अध्ययन गर्न सहयोग खोज्दै छन्, जसले उनलाई बालरोग
विशेषज्ञ बनाउन सक्छ । ‘दक्षिणी सुडान शून्यबाट सुरु भएको हो,’ उनी भन्छन्,
‘त्यसैले हामी कुनै परिवर्तन गर्न सक्षम छैनौं र ?’

 



Madi traditional dancers during the referendum at Dr John Garang Mousoleum in Juba,  Southern Sudan, January 9, 2011. PHOTO/STEPHEN MUDIARI

लामो द्वन्दपछि दक्षिणी सुडान स्वतन्त्र हुनुका साथै विश्वको १९३औ एक नयाँ देश भएको छ । आज एक औपचारिक कार्यक्रमकाबीच दक्षिण सुडान स्वतन्त्र भएको घोषणा गरिएको थियो । भने सो अवसरमा राष्ट्रपति ओमार अल बसिर, संयुक्त राष्ट्र महासचिव बान की मून लगायत अन्तरराष्ट्रिय नेताहरुको उपस्थित रहेको थियो।

दक्षिणी सुडानबासीहरुले  अहिले ठुलो रुपमा हर्सोलास मनाइरहेका छन।

जनवरी ९ देखि १५ गते सम्म जनमत संग्रह भएको थियो । जनमत संग्रहमा सुडानबाट दक्षिणी सुडान छुट्टिने पक्षमा अत्यधिक मत परेपछि दक्षिणी सुडान आजबाट औपचारीक रुपमा स्वतन्त्र भएको हो । जनमत संग्रहमा बिभाजनको पक्षमा ९८ दशमलब ३ प्रतिशत मत परेको थियो । ३ लाख ३७ हजार सदर मत मध्य ४४ हजार ८ सय ८८ मत मात्र उत्तर संग एकताको पक्षमा खसेको थियो ।

यस अघि दक्षिणी सर्वभौमसत्ताको पक्षमा आएको जनमतसंग्रहको परिणाम सुडानका राष्ट्रपति ओमर अल बसिरले स्वीकार गरेका थिए ।२२ बर्ष सम्म चलेको द्वन्द्धपछि सन् २००५ मा भएको शान्ति सम्झौता अन्तर्गत जनमत संग्रह भएको हो । द्वन्दमा झण्डै २० लाखको मृत्यु भएको थियो ।

उत्तरी सुडानबासी सम्पन्न छन् भने दक्षिणी सुडानबासी विपन्न छन् । सन् १८९९ देखि १९५५ सम्म इजिप्ट-बेलायतको उपनिवेशिक शासन अन्तर्गत रही १९५६ मा स्वतन्त्र भएको सुडानले राजनीतिक व्यवस्थापन मिलाउन नसक्दा सन् १९६२ देखि दक्षिण सुडानबासीले विद्रोह सुरु गरेका हुन् । सन् १९७२ मा सीमित स्वायत्तता पाएका उनीहरूले सन् १९८३ देखि पूर्ण स्वायत्तता हुँदै स्व्ातन्त्रताका लागि विद्रोह चर्काए । दुई चरणको यो विद्रोहमा २० लाख भन्दा बढी मानिसको ज्यान गएपछि सन् २००५ मा सरकार र विद्रोहीबीच शान्ति सम्झौता भई बिद्रोह समाप्त भएको थियो ।

Satellite image showing geography of Sudan, source: Nasa