प्रधानमन्त्री झलनाथ खनालद्वारा सेना समायोजन र पुनः स्थापनामा सफलता प्राप्त हुने विश्वास व्यक्त

काठमाडौ । प्रधानमन्त्री झलनाथ खनालले शान्तिप्रक्रियाका विविध आयाममा छलफल भइरहेको उल्लेख गर्दै सेना समायोजन एवम् पुनः स्थापनामा सफलता प्राप्त हुने आसा व्यक्त गरेका छन् ।

माओवादी सेनाका लडाकुको रेखदेख, समायोजन र पुनः स्थापनासम्बन्धी विशेष समितिको  मंगलवारको बैठकबारे जानकारी दिँदै प्रधानमन्त्रीले यस्तो आसा प्रकट गरेका हुन । विशेष समितिका अध्यक्ष प्रधानमन्त्री खनालले बैठकमा एकीकृत नेकपा (माओवादी)का प्रतिनिधि उपस्थित नभए पनि माओवादी सेनाका मुख्य र सहायक शिविरमा भएका गतिविधि एवम् प्रगतिको समीक्षा भएको बताए ।

एमाओवादीका नेताहरू स्थायी कमिटी र केन्द्रीय कार्य समिति बैठकको तयारी तथा छलफलमा व्यस्त भएकाले विशेष समितिमा उक्त दलका नेताहरू सहभागी हुन नसकेका हुन् । आजको बैठकमा देशका विभिन्न भागमा रहेका सात मुख्य र २१ सहायक शिविर परिचालन गरिएका अनुगमनकर्ताले विशेष समितिमा पठाएका कार्य विवरणबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।

मुख्य र सहायक शिविरमा रहेका लडाकाको विवरण अद्यावधिक गर्न, शिविरका