उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी बिहीबार सिंहदरवारमा बजेट ब्रिफकेस
देखाउँदै । तस्बिरः नभेष चित्रकार/रोयटर्स
तर आर्थिक वर्ष २०६८/६९ को बजेटलाई राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद् बैठकले
अनुमोदन गरेको छ । अर्थमन्त्री अधिकारीले साढे ४ प्रतिशतको आर्थिक वृद्धि हासिल
गर्न सरकारले करिब ३ खर्ब ८५ अर्ब खर्च गर्ने योजनासहित बजेट ल्याउने तयारी गरेका
छन् ।
कस्तो बजेट आउँछ भन्ने विषयमा सर्वत्र चासो छ । विशेषगरी ठूला परियोजना निर्माण,
कर्मचारीको तलब बृद्धिलगायतले सर्वसाधारणले पनि बजेटप्रति चासो दिएका छन् ।



