सहकारीलाई प्राथमिकता दिदैंमा निजी क्षेत्रलाई पछाडि पारेको नहुने अर्थमन्त्री भरतमोहन अधिकारीको भनाई

काठमाडौ । सहकारीलाई प्राथमिकता दिदैंमा निजी क्षेत्रलाई पछाडि पारेको नहुने अर्थमन्त्री भरतमोहन अधिकारिले बताएका छन् ।

व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०६८/०६९ को लागि शुक्रबार प्रस्तुत गरिएको बजेटमाथि उठेको प्रश्नको जवाफ दिदैं अर्थमन्त्रीले आर्थिक समृद्धि गर्नका लागि कृषिसँग शहकारीलाई अगाडि बढाउन खोजेको अभियानलाई नीजि क्षेत्र बिरोधीका रुपमा लिन नहुँने बताए ।

अन्तरिम संविधानले अंगिकार गरेको तीन खम्बे अर्थनीतिलाई आफुले व्याभारमा उतार्नको लागि यस्तो बजेट ल्याएकोले त्यसलाई बिरोध नगर्न अर्थमन्त्रीले आग्रह गर्नु भयो । समग्र अर्थतन्त्र ओरालो लागेको अवस्थामा आफुले अर्थतन्त्रलाई अघि बढाउन घर, जग्गा, सवारी साधनमा कारोबार बढ्न सक्ने हिसावले बजेट तयार पारेको अर्थमन्त्रीले बताए ।

अहिले अर्थमन्त्रालयमा तीन सय अर्बको विदेशी सहयोगको प्रस्ताव आईरहेकाले त्यसलाई समात्ने प्रयास गर्नु पर्ने अर्थमन्त्रीले बताए । उर्जा संकट भएको बेलामा उर्जाको क्षेत्रमा लगानि बढाउने वातावरण आफुले बनाउन खोजेको बताए । ठुला ठुला आयोजनको कार्यान्वयनका लागि समिति गठन गर्ने सोचका साथ कार्यक्रमहरुलाई अघि सारेको मन्त्री अधिकारको भनाई छ ।