प्रमुख विपक्षी नेपाली कांग्रेसको गंभीर आशंका रहे पनि
अर्थमन्त्री भरतमोहन अधिकारीले २० प्रतिशत थप राजश्व उठ्ने वातावरण बनिरहेको बताएका
छन्।
संसदमा शनिबार बोल्दै उनले समयमै बजेट ल्याउन सकेकाले देशमा नियमित आर्थिक
गतिविधि हुने र त्यसले राजश्व बढाउने बताएका हुन्।
बजेट संसदमा पेश नहुँदै बाहिर चुहावट भएको विषयमा भने अर्थमन्त्री मौन रहे।
हिजो झण्डै चार खर्बको बजेट पेश गरेका अर्थमन्त्रीले संसदमा उठेका प्रश्नहरुको
जवाफ दिने क्रममा विगतमा समयमा बजेट ल्याउन नसकेकाले अर्थतन्त्र असाध्यै संकुचित
बन्न पुगेको बताए।
उनले बजेटका प्रमुख विषयमा सबै दलका नेताहरुसँग सहमति गरेको उल्लेख गरे।
उनले भने,



