उदयराज पाण्डेलाई साउदी अरेबियाको राजदूतमा नियुक्त

काठमाडौ  – राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा बारा
डुमरबाना-९ का उदयराज पाण्डेलाई साउदी अरेबियाको राजदूतमा नियुक्त गरेका छन् ।

पाण्डे एमाले कोटामा छानिएर राजदूत बनेका हुन् ।

 यसअघिका राजदूत हमिद अन्सारीलाई
फिर्ता बोलाइएपछि साउदीमा चार महिनादेखि राजदूत पद रिक्त रहेको थियो ।