ओस्लो (अर्घाखाँचीडट्कम) – युरोपियन राष्ट्र नर्वेको पश्चिमोत्तर उटोइया द्धिपमा लेबर पार्टीको युथ क्याम्पमा भएको गोलाबारीमा
कम्तीमा ८४ जना मारिएका छन् । सुरक्षाकर्मीको पोसाकमा क्याम्पमा प्रवेश गरेका ३२
बर्षिय नर्वेजियन नागरिकले सहभागी भएका युवामाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए
। ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
यता नर्वेको
राजधानी ओस्लोस्थित प्रधानमन्त्री कार्यालयमा गराइएको बिस्फोटमा सात जना मारिएका
थिए । सरकारी कार्यालयहरु रहेको मध्य ओस्लोमा गराइएको बिस्फोटबाट प्रधानमन्त्री
कार्यालयलगायत आसपासका घरहरुको शिशा फुटेका छन् भने धेरै जना घाइते भएका छन् ।
आगलागी भएका भवनहरुमा अझै केही फसेको शंका गरिएको छ । विस्फोट र गोलाबारीको हालसम्म
कुनै संगठनले जिम्मेवारी लिएको छैन ।
प्रधानमन्त्री जेन्स स्टोलटेनबर्गले घटनालाई
लोकतन्त्रमाथिको गम्भीर र कायरतापूर्ण आक्रमणको संज्ञा दिनुभएको छ । गर्मी छल्न
लेबर पार्टीले आयोजना गरेको क्याम्पमा गएका केही युवा गोलीको आवाज सुन्नासाथ पानीमा
हाम्फालेका थिए । पानीमा हाम्फालेकाहरुको उद्धार भइरहेकाले अझै मृतक र घाइतेको
संख्या बढ्ने सम्भावना छ ।
यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामा, फ्रान्सका
राष्ट्रपति निकोलस सार्कोजी, बेलायतका बिदेशमन्त्री विलियम हेग लगायतले बिस्फोट र
गोलाबारीको निन्दा गर्नुभएको छ । यो घटनालाई दोश्रो बिश्वयुद्ध पछिको सबैभन्दा
भयानक आक्रमण भनिएको छ ।
——————————————————————————————
आतंककारी आक्रमणमा
युरोपियन राष्ट्र नर्वेको राजधानी ओस्लोमा भएको भीषण बम विस्फोटन सहित छुट्टा-छुटै दुई आतंककारी आक्रमणमा अहिले सम्म कम्तिमा पनि दुई दर्जनको मृत्यु भएको छ ।
प्रधानमन्त्रीको कार्यालय नजिक स्थानीय समयअनुसार शुक्रबार दिउँसो भएको विस्फोटमा दर्जनौंको संख्यामा घाइते भएका सरकारी प्रवक्ताले बताएका छन् ।
नर्वेका प्रधानमन्त्री जिन स्टोलटनबर्गको कार्यालयहरूका धेरै भाग क्षतिग्रस्त भए पनि प्रधानमन्त्री भने सुरक्षित रहेका छन् ।
घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । प्रारम्भिक समाचारका अनुसार सो बिस्फोटबाट कैयौं नागरिक घाइते भएका र संरचना पनि ध्वस्त भएको बताइएको छ ।
तर अबेरसम्म पनि सो विस्फोटबाट भएका क्षतिको विवरण भने आइसकेको छैन ।
उक्त घटनाको नेटो, युरोपियन युनियन, अमेरिका, राष्ट्र संघ लगायत विश्व समुदायले भर्षना गरेका छन।

