आफूले प्रस्ताव गरेका मन्त्रीहरुलाई शनिबारसम्ममा पनि
मन्त्रिमण्डलमा सामेल नगराए प्रधानमन्त्री झलनाथ खनालका विरुद्ध गम्भीर निर्णय
लिइने चेतावनी एकीकृत नेकपा माओवादीले दिएको छ।
प्रस्तावित मन्त्रीहरुलाई शुक्रबार साँझसम्म सपथ ग्रहण गराउन माओवादीले
प्रधानमन्त्रीमाथि तिब्र दबाब दिएको थियो।
तर त्यसो नभएपछि उस्ले शनिबार दिउसोका लागि स्थायी समितिको वैठक बोलाएको छ।
आफ्नो दलले प्रस्ताव गरेका मन्त्रीहरुलाई प्रधानमन्त्री झलनाथ खनालले सपथ ग्रहण
नगराएपछि शनिबार साँझ एकीकृत माओवादीका नेताहरु पदाधिकारी वैठकमा भेला भएका
थिए।
त्यहाँ सहभागी सचिव सीपी गजुरेलका अनुसार वैठकले प्रधानमन्त्रीले माओवादीको
अनुरोध नमानेर गठबन्धन सरकारले पालना गर्नु पर्ने नियम उल्लंघन गरेको ठहर गरेको
छ।
उनले भने,



