– सोमबार हुने भनिएको माओवादीका नयाँ मन्त्रीहरुको शपथ अन्योलमा परेको छ । प्रधानमन्त्रीले राखेका शर्तमा माओवादीबाट सकारात्मक जवाफ नआएको भन्दै शपथ अन्योलमा परेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री खनालले उपप्रधान एवं गृहमन्त्री कृष्णबहादुर महरासहितका सवै मन्त्रीहरुको सामूहिक राजीनामा फिर्ता गरी सकारात्मक वातावरण निर्माण गर्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्री सकारात्मक वातावरण र अनुकूल पूर्वाधार निर्माणको प्रतीक्षामा हुनुहुन्छ,’ थापाले सोमबार बिहान भने, ‘सकारात्मक जवाफ आउनेवित्तिकै शपथ प्रक्रिया अगाडि बढ्छ ।’
सरकारको सबभन्दा ठूलो घटक एकिकृत माओवादीले आफ्ना मन्त्रीहरुको नयां टोली सिफारिश गरेको झण्डै एकसाता बित्दा पनि उनीहरुको शपथ ग्रहण अनिश्चित नै छ।
प्रधानमन्त्री झलनाथ खनालले शपथ ग्रहणको वातावरण बनीनसकेको संकेत गर्दै उपयुक्त वातावरण निर्माण गर्न माओवादीलाई आग्रह गरेका छन्।
शपथ ग्रहणका लागि माओवादीले प्रधानमन्त्रीलाई दिइरहेको चेतावनी प्रतिको प्रतिक्रिया वा परिणाम बारेका कौतुहलका माझ आइतबार माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री झलनाथ खनालले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका थिए।
पार्टी मुख्यालयमा पत्रकारहरुसंग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले शपथ ग्रहणपछि शान्ति प्रकृया अघि बढ्न सक्ने कुराहरुको फेहरिस्त पनि प्रस्तुत गरे।
उनले भने-