गुगलको नयाँ सामाजिक सञ्जाल गुगल प्लस सबैभन्दा छिटो २.५ करोड मानिसलाई साइटमा जोड्न सफल

गुगलको नयाँ सामाजिक सञ्जाल गुगल प्लस सबैभन्दा छिटो २.५ करोड मानिसलाई साइटमा जोड्न सफल भएको छ। वेभसाइटहरुको ट्राफिक मापन गर्ने कम्पनी कामस्कोरका अनुसार जुन अन्तिम साता मात्र लञ्च गरिएको गुगल प्लस जुलाईसम्ममा अढाई करोड मानिस जोडिएका थिए ।

 

समाचार एजेन्सी एएफपीले कामस्कोरका उपाध्यक्ष एन्ड्रयु लिप्स्म्यानको हवाला दिदै उल्लेख गरेअनुसार चुनौति बढी आँकडा चाँडै छुनु मात्र होइन, एउटा सामान्य सामाजिक सञ्जाल  साइट माइस्पेसलाई २.५ युनिक युजर्स प्राप्त गर्न दुई वर्ष केही कम मात्र समय लागेको थियो । तथ्याङ्कको हिसावले यो प्रदर्शन ट्वीटर र फेसबुक दुवैभन्दा राम्रो थियो । तर यसले केही वर्षमै धेरै युजर्स गुमायो र फेसबुक करिब ७५ करोड सदस्यका साथ नेटवर्किङ संसारको बादशाह बनिरह्यो ।


गुगल प्लसमा आएका मानिसमध्ये सबैभन्दा बढी ६० लाख युनिक युजर्स अमेरिकाबाट थिए । यही भारतबाट गुगल प्लसमा जोडिएका युनिक युजर्सको संख्या ३६ लाख रहेको छ। क्यानडा र बेलायत दुवै स्थानबाट करिब दश दश लाख मानिसले गुगल प्लसमा खाता खोलेका छन् । यही जर्मनीमा ९.२० र ब्राजिलबाट ७.८ प्रतिशत गुगल प्लसमा जोडिएका छन् ।