प्रधानमन्त्री झलनाथ खनालले पूर्व घोषणा अनुसार आज राजीनामा दिने


 

काठमाडौ  – पूर्व घोषणा अनुसार नै प्रधानमन्त्री झलनाथ खनालले शनिबार राजीनामा दिने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले दाबी गरेका छन् ।

काठमाडौमा रिपोर्टर्स क्लबको साक्षात्कारमा प्रमुख सल्लाहकार ज्वालाले सहमतिको आधार निर्माणको लागि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेको भन्दै शनिबारसम्म सहमति नबने राजीनामा दिने स्पष्ट पारे ।

‘सहमति नबने राजीनामा दिनु हुन्छ । दलहरुवीच सहमति भए सहमति अनुसार नै गर्नु हुन्छ । अब प्रधानमन्त्री टाँसिएर बसिरहने पक्षमा हुनु हुन्न,’ उनले भने, ‘प्रधानमन्त्री राजीनामा गर्ने प्रतिबद्धतामा दृढ हुनु हुन्छ ।’

सहमतिको सरकार निर्माण गर्ने, शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने र संविधान निर्माण गर्ने मिसनमा प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकार असफल भएको स्वीवकार गर्दै उनले शनिबारसम्म शान्ति प्रक्रिया अगाडि बढाउने र सहमतिको सरकार निर्माण गर्ने सम्बन्धमा ठोस सहमति बन्ने दावी गरे ।

‘दलहरुवीच गहन छलफल भइरहेको छ । भोलिसम्म शान्ति र सहमतिको सरकारको विषयमा सहमति बन्न सक्छ,’ उनले भने ।