
शनिबार साँझ उनलाई सत्ता साझेदार दलका नेताहरुले राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण नबनेसम्म राजीनामा नदिन सुझाव दिएका थिए।
प्रधानमन्त्रीले राजीनामा दिने संकेत नदेखिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस क्रुद्ध बनेको छ।
शान्ति प्रक्रिया अघि नबढे साउन २८ गते राजीनामा दिने बताएका प्रधानमन्त्रीको राजीनामा आउला कि नआउला भनेर शनिबार दिनभरि नै चर्चा, परिचर्चा चलेको थियो।
तर साँझ अबेरसम्म पनि प्रधानमन्त्रीले चाहे झैं न त शान्ति प्रक्रियाका बाँकी काम सकिने आधार तयार भएको कुनै खबर मिल्यो, न त प्रधानमन्त्रीको राजीनामा आउने कुनै संकेत नै।
बरु सत्ता साझेदार दलहरुको बैठकले यथास्थितिमा प्रधानमन्त्रीले राजीनामा दिन नहुने सुझाव खनाललाई दियो।



