
राष्ट्रिय सहमतिको संयुक्त सरकार गठन गरी शान्ति र संविधान निर्माणको कार्य सम्पन्न गर्न मार्ग प्रशस्त गर्ने उद्देश्य सहित खनालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको उनका प्रेस सल्लाहकारद्वारा आइतबार अबेर प्रकाशित प्रेस विज्ञप्तिमा जनाईएको छ।
त्यस अघि खनालले आफ्नो दलको केन्द्रिय समितिको बैठकमा बोल्दै आइतबारै राजीनामा दिने घोषणा गरेका थिए।
संविधानसभाको म्याद तीन महिना थप्ने बेला जेठ २८ गते मध्यराती भएको सहमतिमा प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको निम्ति मार्ग प्रसस्त गर्ने उल्लेख थियो।
प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रिया अघि बढाउने विषयमा ठोस प्रगति नभए साउन २८ गते नै राजीनामा दिने घोषणा गरिसकेका थिए।
तर सत्ता साझेदार दलहरुको सुझावमा शनिबार राजीनामा नगरेका खनालले त्यसको भोलिपल्ट आफ्नो दल नेकपा एमालेको केन्द्रिय समितिको बैठकमा राजीनामा दिनेबारे मुख खोलेका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने,



