काठमाडौं – बहुमतीय सरकार बने त्यस्तो सरकारमा सहभागी नहुने नेकपा एमाले संसदीय विभागले निर्णय गरेको छ। विहीबार बसेको विभागको बैठकले बहुमतीय सरकार बने बाहिरै रहेर ‘शान्ति र संविधानको पक्षमा रचनात्मक भूमिका खेल्नुपर्ने’ निर्णय गरेको हो।
संविधानसभा निर्वाचनपछिका सबै सरकारमा एमाले लगातार सहभागी भइरहेको र यसबारे विभिन्न नकारात्मक टिप्पणीसमेत उठिरहेको बताउँदै संसदीय विभागले बहुमतीय सरकारमा नजाने निर्णय गरेको हो। त्यसमा पनि आफ्नै पार्टीका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वका दुइटै बहुमतीय सरकार असफल भएकाले पनि अबको सरकार सहमतीय बन्नुपर्ने निष्कर्ष एमालेले निकालेको हो।



