मधेशी मोर्चालाई सरकारमा तीन उपप्रधानमन्त्री सहित १३ मन्त्रालय

काठमाडौ । सहमति अनुसार मधेशी मोर्चाले सरकारमा तीन उपप्रधानमन्त्री सहित १३ मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो ।


विजयकुमार गच्छेदार, जेपी गुप्ता र हृदयश त्रिपाठीलाइ उपप्रधानमन्त्री दिने सहमति भएको माओवादी स्रोतले बतायो । विश्वस्त स्रोतका अनुसार गच्छदारले गृह र गुप्ताले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने संभावना छ ।