काठमाडौं – नेपाल सदभावना पार्टी (आनन्दीदेवी) फेरि टुक्रिएको छ । पार्टीका सभासद् मोति दुगडले बिहीबार नवनेपाल निर्माण पार्टी गठन गरेका छन् ।
दुई सभासद् रहेको उक्त दलबाट दुगड अलग्गिएपछि अब सरिता गिरीमात्र रहेकी छन् । नवनेपाल निर्माण पार्टी संविधानसभाको ३२ औं दल हो ।
दुगडले नयाँ दल दर्ता गरेको बिहीबार नै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई जानकारी गराएका छन् ।
तीन वर्षको अवधिमा संविधानसभाका अधिकांश साना दल फुटेका छन् ।



