राष्ट्रपति डा. रामवरण यादवले वौद्धिक वर्ग पलायन हुँदै जानु नेपालका लागि दूर्भाग्य बनेको गुनासो गरेका छन। राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा मन्त्रालयले गरेको कार्यक्रममा राष्ट्रपति यादवले वौद्धिक वर्गको सीप र क्षमतालाई स्वदेशमै प्रयोग हुन सके मात्र राष्ट्रको उन्नती हुने बताए ।
राष्ट्रपति कार्यालय शीतल निवासमा गरिएको कार्यक्रममा राष्ट्रपति यादवले नेपालमा साक्षरता दिवस मनाउन थालिएको एक दशक वितिसक्दा पनि अझै पनि अधिकांश वालवालिका विद्यालय जानवाट वञ्चित रहनुपरेको वताए । उनले नेपालको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै परिवर्तनको दिशामा अग्रसर हुन वौद्धिक वर्गसँग आग्रह गरे ।
उक्त अवसरमा राष्ट्रपति यादवले क श्रेणीका १ सय १४, ख श्रेणीका ८२ र ग श्रेणीका १६ जनालाई नेपाल विद्याभुषणले सम्मान गरेका थिए ।



