एकीकृत माओवादीको प्रचण्ड पक्षले आज कैलालीमा गोप्य भेला गरेको छ । प्रचण्ड पक्षले अत्तरियास्थित होटेलमा भेला गरेको हो ।
उक्त भेलालाई केन्द्रिय सदस्य जनप्रसाद शर्मा र भीम बहादुर कडायतले सम्बोधन गरेका थिए । पहिलो चरणमा सबै तह र तप्काका सदस्य तथा दोस्रो चरणमा थारुवान राज्य समितिका सदस्यहरुलाई राखेर छलफल गरिएको थियो । भेलामा शान्ति र संविधानको एजेण्डा र शिविरको साँचो हस्तान्तरणको बिषयमा पार्टी लाइन अनुसार चल्न निर्देशन दिइएको थियो ।
यता, सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आयोजित सांगीतिक कार्यक्रम भने प्रचण्ड पक्षले बहिष्कार गरेको छ । केन्द्रमा प्रचण्ड र भट्टराई पक्ष मिलेको भएपनि सिन्धुपाल्चोकमा वैद्य र भट्टराई पक्षले संगै कार्यक्रम गरे ।