काठमाडौं। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो निजी इमेलमा पठाइएका गुनासा र सुझाव हरेक दिन बेलुकी अध्ययन गरि त्यसलाई कार्यन्वयन गर्ने भएका छन।
भट्टराईको निजी इमेल
bhattaraibaburam@gmail.com मा पठाइएका इमेल हेरि अत्यावश्यकलाई कारवाही अगाडी बढाउने क्रम सुरु भएको प्रधानमन्त्रीका स्वकीय सचिव बिश्वदीप पाण्डेले जानकारी दिए।
हाल प्रधानमन्त्रीको सुरक्षामा खटिएका डीएसपी दीपक थापाको पोष्टिङ रहेको मोरङमा अहिलेसम्म नयाँ डीएसपी नपठाउँदा सुरक्षा स्थीति बिगि्रएको भन्दै एक स्थानीय वासिन्दाले पठाएको इमेलका आधारमा प्रधानमन्त्री सुरक्षा अधिकारीलाई फोन गरि तुरुन्त नयाँ डीएसपी खटाउन निर्देशन दिएका पाण्डेले जानकारी दिए।