मदनकुमार भण्डारीको आमा चन्द्रकला भण्डारीको निधन

काठमाडौ । एमालेका पुर्व महासचिव तथा जननेता मदनकुमार भण्डारीको आमा चन्द्रकला भण्डारीको आज बिहान निधन भएको छ ।

मस्तिष्कघातले पीडित भण्डारीको उपचारका क्रममा आज चावहिलको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ८३ बर्षकी भण्डारी लामो समय देखि विरामी हुनुहुन्थ्यो ।


उहाँको शवलाई अहिले श्रद्धान्जलीका लागि काठमाण्डुको थापागाउँस्थित छोरा कैलाश भण्डारीको घरमा राखिएको छ । आजै देवघाटमा अन्तिम सस्कार गरिनेछ । श्रद्धान्जलीका लागि एमाले नेता कार्यकर्ता र शुभचिन्तकको भिड लागेको छ । शव विहान ९ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ ।