प्रधानमन्त्री भएपछि पहिलो पटक जन्मथलो आउँदै गरेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई स्वागत गर्न लामबद्ध महिला।
प्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गर्दै आएको ‘मुस्ताङ म्याक्स’ गाडी शुक्रबार उनको जन्मथलो गाउँ पुग्यो। ट्याक्टर, जीप र मोटरसाइकलमात्र गुड्ने गरेको कच्ची सडकमा धुलो उडाउँदै मुस्ताङ म्याक्ससँगै झण्डै डेढ दर्जन चिल्ला गाडी गोरखाको खोप्लाङ -४ बेलबास पुग्दा उनका गाउँलेसमेत छक्क परे। प्रधानमन्त्री भएपश्चात् पहिलो पटक जन्मथलो पुगेका प्रधानमन्त्रीको स्वागतका लागि ठाउँ-ठाउँमा गाउँलेहरु फूलमाला र अबिरले स्वागत गरे।
गाउँको खुर्पाजुङ खानेपानी आयोजनाको उद्घाटनका लागि बाबु भोजराज भट्टराई, पत्नी हिसिला यमी र छोरी मानुषीसँगै जन्मथलो पुगेका भट्टराईले यात्राको क्रममा बाल्यकालका साथीसँगी, आफूलाई पढाएका गुरु गोपाल दत्त देवकोटा, वृद्धवृद्धा, द्वन्द्वका बेपत्ता तथा सहिद परिवारसँगै गाउँलेसँग भलाकुसारी गरे।
प्रधानमन्त्री भट्टराईसँगै राजधानी भन्दा झण्डै डेढ सय किलोमिटर दूरीमा रहेको तनहुँको तुरतुरेबाट पालुङटार हुँदै करिब १७ किलोमिटर दूरीको जन्मथलो खोप्लाङ पुगेका
नागरिक को फोटो फिचर।
मुस्ताङ म्याक्स गाडी चढेर आफ्नो जन्मगाउँ आएका प्रधानमन्त्री भट्टराई गाउँ प्रवेश गर्दै।
गाउँमा पहिलो पटक पुगेको मुस्ताङ म्याक्सको मोबाइलमा फोटो खिच्दै एक स्थानीय युवक।
प्रधानमन्त्री भट्टराईलाई द्वन्द्वकामा बेपत्ता भाई दीपक न्यौपानेसहित अन्य बेपत्ताको खोजीका लागि पहल गर्न आग्रह गर्दै गोरखा खोप्लाङका प्रेम न्यौपाने।
गोरखाको खोप्लाङ