राष्ट्रपति डा.रामवरण यादव सोमबार कतारको चारदिने राजकीय भ्रमणमा जाने हुनुभएको छ ।
राष्ट्रपति यादव कतारका अमिर हमाद विन खलिफा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा राजकीय भ्रमणमा जान लाग्नु भएको हो ।
राष्ट्रपतिका साथ उहाँकी पुत्री अनिता यादव, भौतिक योजना तथा निर्माणमन्त्री ह्रदयेश त्रिपाठी, राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहाल,राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपाने, कायममुकायम परराष्ट्र सचिव दुर्गाप्रसाद भट्ट्राई लगायत पनि जाने बताईएको छ । राष्ट्रपतिे शिक्षा नगर र पर्ल कतारको भ्रमण गर्नुका साथै कतारमा रहेका नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।