– हरि प्रसाद भुसाल
अर्घाखाँची असोज २५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रकि्रया तार्किक निष्कर्षमा पुर् याउने र नयाँ संविधान निर्माण गर्ने मुख्य जिम्मेवारीबाट माओवादी पछि नहट्ने वताएका छन् ।
एकीकृत नेकपा माओवादी जिल्ला समिति अर्घाखाँचीद्धारा अर्घा गाविस मसुरापाटामा आयोजित जनसभामा बोल्दै पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शान्ति प्रकि्रया र संविधान निर्माणको मुख्य जिम्म्ोवारीबाट माओवादी पछि नहट्ने स्पष्ट समेत पारेका हुन् ।
संविधानसभाको जन्मदाता माओवादी भएको भन्दै प्रचण्डले शान्ति प्रकि्रया टुङ्गाउनका लागि माओवादी हदैसममको तचिलो वन्न तयार रहेको उल्लेख गरे । उनले आउने दुई महिनामा शान्ति प्रकि्रया टुङ्गिने र संविधानको खाका बाहिर ल्याउन सकिने आशा व्यक्त गरे ।
देशी विदेशी प्रतिकि्रयावादीहरु म्ाओवादी फुटाउन लागिपरेको उल्लेख गर्दै उनले माओवादी फुटाउन चाहनेहरुले जतिसुकै टाउको फोरेपनि माओवादी नफुट्ने दावी गरे । बुधबार विहान बसेको पदाधिकारी वैठक निकै सकारात्मक भएकाले पार्टी भित्रको विवाद छिटो समाधान हुने उनको दावी थियो ।
विश्वको कुनैपनि क्रन्ति एकै प्रकारको वा सिधा प्रकारको नहुने भन्दै उनले पार्टी क्रान्ति प्रति प्रतिवद्ध रहेको भन्दै कार्यकर्तालाई नआत्तिन आग्रह गरे । ूक्रान्तिको स्वरुप मात्र परिवर्तन भएको छ क्रान्तिलाई सम्पु गर्न हामी सधै इमान्दार छौं ।ू भन्दै उनले भने ूक्रान्तिलाई नयाँ दिशामा लैजान र एकतावद्ध बनाउन हामी प्रतिवद्ध छौं ।
कार्यक्रमलाई सम्वोधन गर्न प्रचण्ड हेलिकप्टरबाट विहान करिव १२ः३० वजे अर्घा ओर्लिएका थिए । सम्वोधन गरी प्रचण्ड बुधबार नै काठमाण्डौ फर्किइसकेका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै स्थानीय विकाम मन्त्री तथा माओवादी स्थाई समिति सदस्य टोप बहादुर रायमाझीले यसै सरकारले शान्ति प्रकि्रलयालाई टुङ्गोमा पुर् याउदै नयाँ संविधान निर्माणको काम सम्पन्न गर्ने दावी गरे । उनले भने ूसंविधान निर्माण र शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउनका लागि सरकार तयार तथा प्रतिवद्ध छ ।ू<br>
कार्यक्रम एकीकृत नेकपा माओवादी मगरात राज्य समितिका इन्चार्ज हेमन्त प्रकाश ओलीको सभापतित्व माओवादी अर्घाखाँची जिल्ल्ाा इन्चार्ज चन्द्रबहादुर खड्काको स्वागत मन्तव्य र पोलिटव्युरो सदस्य डिलाराम आचार्यको सचालनमा सम्पन्न भएको हो ।
हरेक वर्षको काजाग्रत पुर्णिमाका दिन माओवादीले उक्त स्थानमा आमसभा गर्दै आएको छ ।