काठमाडौं, ४ कात्तिक भारतको चारदिने भ्रमणका लागि नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री डा। बाबुराम भट्टराईले आज त्यहाँका राष्ट्रपति प्रतिभा पाटिल र उपराष्ट्रपति हमिद अन्सारीसाग भेट्ने कार्यक्रम रहेको छ । यसैगरी आज साँझै भारतीय प्रधानमन्त्री मनमोहन सिंहले दिने रात्री भोजमा प्रधानमन्त्री भट्टराई सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्री भट्टराइ र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच शनिबार मात्रै दुइ पक्षीय वार्ता हुने छ ।
यसअघि प्रधानमन्त्री भट्टराई बिहीबार दिउँसो नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा उनलाई भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्री भट्टराइलार्य विमानस्थलबाट चाणक्यपुरीस्थित होटल लीला प्यालेस लगिएको थियो । प्रधानमन्त्री भट्टराई आगामी आइतबार नेपाल र्फकने कार्यक्रम छ ।



