प्रचण्ड सपरिवार सुटुक्क नगरकोटतिर

४ असोज, काठमाडौँ । पार्टीभित्र शान्ति र संविधान लेखनका विषयमा विवाद चर्किइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड भने आराम गर्न रमणीय पर्यटकीय स्थल नगरकोट पुग्नुभएको छ ।
अध्यक्ष प्रचण्ड पुत्र प्रकाश र पत्नी सिताकासाथ बिहीबार साँझ नगरकोट पुग्नुभएको नयाँ बजार स्रोतले जनाएको छ । प्रचण्डका साथमा उहाँका विश्वासपात्र पोलिट्ब्युरो सदस्य एवं ताम्शालीङ राज्य समिति इन्चार्ज अग्निप्रसाद सापकोटा पनि रहनुभएको बुझिएको छ । स्रोतका अनुसार प्रचण्डले आगामी कात्तिक १७ गते बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन तयार गरिरहनुभएको छ ।
यसअघि १३ असोजमा बोलाएर स्थगन गरिएको बैठकका लागि तयार पारिएको दस्तावेजमा आवश्यक थपघट र परिमार्जनका लागि उहाँ एकान्त र शान्त स्थानको खेजीमा नगरकोट पुग्नुभएको हो । समय मिलाएर सपरिवार घुमघाम गर्न सैखिन प्रचण्ड पार्टीभित्र आन्तरिक किचलो बढेका बेला यसअघि पनि उहाँ शान्त स्थानको खोजीमा कहिले काभ्रे त कहिले मकवानपुरको टिष्टुङ(पालुङ पुग्ने गर्नुभएको थियो ।