४ कात्तिक, काठमाडौँ । अकारण आफ्ना तीन कार्यकर्तालाई प्रहरीले पक्रिएको भन्दै नेपाली कांग्रेस र तरुणदलले सुनसरीको धरानबजार बन्द गराएका छन् ।
बन्दका कारण धरानबजार ठप्प भएको छ भने शैक्षिक प्रतिष्ठान र कलकारखाना बन्द छन् । बन्दकर्ताले बिहानैदेखि सडकका चोकचोकमा जम्मा भएर नारावाजी र प्रदर्शन गरेका छन् । धरान प्रहरीले नेपाल तरुण दलका कार्याकर्ता लबकुमार राई, योगेन राई र राजकुमार भुजेललाई व्यक्ति हत्याको अभियोगमा बिहीबार पक्राउ गरेको थियो । ईलाका प्रहरी काार्यलय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द् विष्टले राईद्वय र भुजेल हत्या, लुटपाट र डकैतीका घटनाहरुमा संलग्न रहेकाले पक्राउ गरिएको बताउनुभयो ।