सरकार धेरै दिन टिक्दैन:नेपाल

काठमाडौं, ६ कात्तिक पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार धेरै दिन नटिक्ने दाबी गरेका छन् । नेपाल संवत र दीपावलीको अवसरमा ललितपुरमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार अहिलेसम्मकै सबैभन्दा कमजोर भएको टिप्पणी गरे । 
  
उनले माओवादीतर्फ संकेत गर्दै भने, ूसबैभन्दा उग्रवादीहरु नै सबैभन्दा बढी राष्ट्रघाती हुन्छन्, उनीहरुसँग होसियार हुनुपर्छ ।ू शान्ति प्रक्रिया सुनिश्चित गर्नु नै संविधान निर्माणको पहिलो शर्त भएको पनि उनले बताए ।